बाग्लुङमा कार्यरत सई महतोविरूद्ध भ्रष्टाचार मुद्धा दायर


खबरस्टोरी संवाददाता
२५ बैशाख २०७९, आईतवार
बाग्लुङमा कार्यरत सई महतोविरूद्ध भ्रष्टाचार मुद्धा दायर
काठमाडौँ । बाग्लुङमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) रूपनारायण महतो विरुद्ध अख्तियार दुरुपयो अनुसन्धान अयोगले भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले महातोविरुद्ध सेवाग्राही संग ३८ हजार घुस लिएको आरोपमा मुद्धा दयार गरेको हो ।

महतोले आफ्नो कार्यक्षेत्र, जिम्मेवारी तथा कार्यालयको कार्य प्रकृति भन्दा बाहिर गई पदिय हैसियतको नै दुरुपयोग गरी लेनदेनको मुद्धा मिलाई दिन्छु भन्दै सेवाग्राहीहरुसँग घुष लिएको भन्दै आयोगले उनीविरुद्ध मुद्धा दर्ता गरिएको जनाएको छ ।