बागलुङमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु


खबरस्टोरी संवाददाता
१ असार २०७९, बुधबार
बागलुङमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु
काठमाडौँ। करेन्ट लगाएर माछा मार्ने क्रममा बडिगाड गाउँपालिका–२ का एकजना पुरुषको मृत्यु भएको छ। करेन्ट लगाएर माछा मार्ने क्रममा बडिगाड गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय छबिलाल बलामीको मृत्यु भएको छ।

बुधबार बिहान ३ बजे बडिगाडखोलामा बिजुलीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा बलामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश शर्मा अधकारीले जानकारी दिए। 

प्रहरीले करेन्ट लगाएर माछा मार्न संलग्न भएका अन्य पाँच जनालाई पनि पक्राउ गरेको छ। घटना सम्बन्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।