भक्तपुरमा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु


खबरस्टोरी संवाददाता
१९ चैत्र २०७८, शनिबार
भक्तपुरमा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु
काठमाडौं । भक्तपुरको ताथलीमा प्लानिङको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

चागुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा चम्पा कुस्माले गरेको जग्गा प्लानिङमा वाल लगाउने काम गर्ने दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काभ्रे चौरी देउराली गाउँपालिका–३ को ५० वर्षका वर्षमान तामाङ र नमोबुद्ध नगरपालिका–९ का ३२ वर्षीय चतुरमान तामाङ रहेका छन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।