भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु, दुई घाइते


खबरस्टोरी संवाददाता
२९ चैत्र २०७८, मंगलवार
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु, दुई घाइते
काठमाडौं।  भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् । 

मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको हो  । 

बुबा बुद्ध र आमा सुस्मिता तामाङको भने भक्तपुरको सल्लाघारीमा रहेको डा. इवामुरा अस्पतालमा उपचार भैरहेको छ ।