बिहारमा गुडिरहेको रेलमा आगलागी


खबरस्टोरी संवाददाता
१९ असार २०७९, आईतवार
बिहारमा गुडिरहेको रेलमा आगलागी
एजेन्सी। आइतबार बिहान भारतको बिहारमा  गुडिरहेको एउटा रेलमा आगो लागेको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार नेपालको सीमार्वती बजार रक्सौलबाट नर्कतियागन्ज गइरहेको डिएमयू रेलको इन्जिनमा आगो लागेको हो।

भेल्वा नजिकै पुगेका बेला इन्जिनमा लागेको आगो अन्य डिब्बाहरूमा भने फैलिन नपाएको  र सबै यात्रुलाई सुरक्षितसाथ बाहिर निकालिएको समाचार एजेन्सी एएनआईले जनाएको छ।