भरतपुरकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटना, सुमेरु अस्पताल भर्ना


खबरस्टोरी संवाददाता
१३ जेष्ठ २०७९, शुक्रबार
भरतपुरकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटना, सुमेरु अस्पताल भर्ना
काठमाडौँ। चितवनको भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेनु दाहाल चढेको सवार गाडी दुर्घटनामा परेको छ । 

ललितपुरको जावलाखेलमा शुक्रबार दिउँसो गाडी दुर्घटना हुँदा घाइते भएकी उनलाई ललितपुरकाे सुमेरु अस्पताल भर्ना गरिएको छ ।

दाहाल चढेको गाडी ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजनजिकै दुर्घटनामा परेको हो । प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किन पुगेको थियो ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार उनको टाउकोमा चोट लागेको छ ।टाउकोको सिटी स्क्यान गरिएको छ । रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।