बैंकिङ कसूर तथा ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ


खबरस्टोरी संवाददाता
१२ बैशाख २०७९, सोमबार
बैंकिङ कसूर तथा ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं। बैंकिङ कसूर तथा ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रौतहट देवाही गोनाही नगरपालिका-३ घर भएका ४३ वर्षीय मुत्यन्य जयसवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

 बैंकिङ कसूर तथा ठगी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० अनामनगरबाट पक्राउ गरेको हो । 

उनले विभिन्न आठ जनालाई प्रलोभनमा पारी ७ करोड १३ लाख रुपैयाँ ठगी गरेको पाइएको छ । उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको छ ।