बालाजुमा बसले ठक्कर दिदा दुई पैदल यात्रुको मृत्यु


खबरस्टोरी संवाददाता
५ फाल्गुन २०७८, बिहीबार
बालाजुमा बसले ठक्कर दिदा दुई पैदल यात्रुको मृत्यु

काठमाडौँ।  काठमाडौंको बालाजुमा मिनीबसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। नम्बर नखुलेको गाडीले बालाजुमा बिहीबार बिहान ६ बजेतिर पैदल यात्रीलाई ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

मृत्यु  हुनेमा रसुवा घर भइ हाल काठमाडौँ बस्दै आएका १८ वर्षीय विकास तामाङ र काठमाडौँ–१६ की ६० वर्षीया दुर्गामाया थापा मगर  रहेकी छिन्।  शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। 

ठक्कर दिने गाडीको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भैरहेको बालाजु प्रहरीले जनाएको छ ।