अन्सारीले वैशाख १० गते साँझ साथीको घरमा जाने क्रममा बालिकालाई अपहरण गरी एकान्त स्थानमा लगेर जबरजस्ती करणी गरेका थिए । त्यसपछि ती बालिकालाई अन्सारीले काठमाडौं लगेर आफ्नो कोठामा बन्धक बनाएर राखेका थिए ।
घटनाबारे प्रहरीमा उजुरी परेपछि बाराबाट खटिएको प्रहरीले पीडित नाबालिकालाई काठमाडौंको कोठामा बन्धक बनाएर राखेको अवस्थामा उद्दार गरी ल्याएको थियो । फरार रहेका अन्सारीलाई भने वैशाख १७ गते प्रहरीले पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
पक्राउ परेका अन्सारीविरुद्ध अपहरण तथा जबरजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरी नायव थापाले बताए ।