बालिकालाई बलात्कार गरेर फरार रहेको युवक पक्राउ


खबरस्टोरी संवाददाता
२० बैशाख २०७९, मंगलवार
बालिकालाई बलात्कार गरेर फरार रहेको युवक पक्राउ
काठमाडौँ ।  । बाराको कलैया उपमहानगरपालिका—९ बाट १२ वर्षीया एक नाबालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ७ बगही टोलका २० वर्षीय अफरोज अन्सारी रहेका छन् ।

अन्सारीले वैशाख १० गते साँझ साथीको घरमा जाने क्रममा बालिकालाई अपहरण गरी एकान्त स्थानमा लगेर जबरजस्ती करणी गरेका थिए । त्यसपछि ती बालिकालाई अन्सारीले काठमाडौं लगेर आफ्नो कोठामा बन्धक बनाएर राखेका थिए ।

घटनाबारे प्रहरीमा उजुरी परेपछि बाराबाट खटिएको प्रहरीले पीडित नाबालिकालाई काठमाडौंको कोठामा बन्धक बनाएर राखेको अवस्थामा उद्दार गरी ल्याएको थियो । फरार रहेका अन्सारीलाई भने वैशाख १७ गते प्रहरीले पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

पक्राउ परेका अन्सारीविरुद्ध अपहरण तथा जबरजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरी नायव थापाले बताए ।