बालेनको पक्षविपक्षमा २८ किलाको खसी बाजी राख्ने दुई व्यक्ति प्रहरी नियन्त्रणमा


खबरस्टोरी संवाददाता
२ जेष्ठ २०७९, सोमबार
बालेनको पक्षविपक्षमा २८ किलाको खसी बाजी राख्ने दुई व्यक्ति प्रहरी नियन्त्रणमा
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन (बालेन्द्र) शाहका पक्षविपक्षमा बाजी राखेको आरोपमा प्रहरीले २ युवकलाई पक्राउ गरेको छ। 

शाहको हारजितको विषयमा लिखित रुपमा २८ किलोको खसीको बाजी गरेको विषय सार्वजनिक भएपछि प्रहरीले बाजी राखेको आारोपमा खोटाङको दिक्तेल मझुवागढी नगरपालिका–५ का विजय फुयाल र रमेश खड्कालाई नियन्त्रणमा लिएको हो। 

कानुन विपरीत हारजित हुने गरी सट्टाबाजी राखेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।