बलात्कार आरोपमा धनकुटा वडाध्यक्ष पक्राउ


खबरस्टोरी संवाददाता
२६ असार २०७९, आईतवार
बलात्कार आरोपमा धनकुटा वडाध्यक्ष पक्राउ
काठमाडौँ। बलात्कार गरेको अभियोगमा धनकुटाको सहिदभूमि गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष राई पक्राउ परेका छन् । राई गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेद्वार भई वडाध्यक्षमा निर्वाचित भएका थिए ।

युवतीले आफूलाई होटलमा बन्धक बनाइ वडाध्यक्ष राईले बलात्कार गरेको जाहेरी दिएपछि उनलाई  पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्रबार राति हिलेबाट तेह्रथुमको बसन्तपुर बजारस्थित एक होटलमा लगेर बन्धक बनाई बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।

उनले घुम्न जाने बहानामा सहिदभूमि गाउँपालिकाको खोकुबाट तेह्रथुमको बसन्तपुर बजारमा पुर्‍याएको र घर फर्कन ढिलाइ हुने बहाना बनाएर आफूमाथि रातभर जबर्जस्ती गरेको पीडितको भनाइ छ । पक्राउ परेका ३८ वर्षीय वडाध्यक्ष राईलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए ।