बलात्कार मुद्धामा तत्काल हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेश


खबरस्टोरी संवाददाता
१३ जेष्ठ २०७९, शुक्रबार
बलात्कार मुद्धामा तत्काल हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेश

काठमाण्डौँ । बलात्कार सम्बन्धि मुद्धामा हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेश गरिएको छ । 

नेपाली कांग्रेसकी सांसद कमल पन्तको प्रस्तावमा बिमला राई पौडेल, बिमला घिमीरे, गंगा कुमारी बेलबासे, तुल प्रसाद विश्कर्मा, खिमलाल देवकोटा लगाएतका सांसदहरुको समर्थनमा राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेश गरिएको हो छ । 

प्रस्तावमा बाल यौन दुव्र्यवहारको कसुरमा सजाएको लागि उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्था पूर्ण रुपमा हटाउने र बालबालिका बाहेक अन्यको हकमा समेत बलत्कार जस्तो जघन्य अपराधमा उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन र पुर्नविचार गरी आवश्यक संशोधन गर्न माग गरिएको छ ।