बलात्कारविरुद्धको शिक्षा पाठ्यक्रममै अनिवार्य राख्नुपर्ने विचार सकारात्मक: गृहमन्त्री खाण


खबरस्टोरी संवाददाता
२४ जेष्ठ २०७९, मंगलवार
बलात्कारविरुद्धको शिक्षा पाठ्यक्रममै अनिवार्य राख्नुपर्ने विचार सकारात्मक: गृहमन्त्री खाण
काठमाडौ। गृहमन्त्री बालकृष्ण खाणले यौनजन्य हिंसाविरुद्धको शैक्षिक सामग्री पाठ्यक्रममा अनिवार्य समावेश गर्नुपर्ने विचार सकारात्मक भएको बताएका छन्।

सांसदहरूले उठाएका प्रश्नमा छलफलमा जवाफ दिँदै उनले यौनजन्य हिंसाबाट बच्न, बचाउन र घटनाबारे सजायको प्रावधान पाठ्यक्रममा समावेश गर्नु अनिवार्य भएको बताए।

संसद्‍मा सोमबार विद्येयक प्रस्तुत भएको छ। उक्त विद्येयकमाथिको छलफलको क्रममा उठेका सवालको जवाफ दिने क्रममा गृहमन्त्री खाणले बलात्कारजस्ता आपराधिक गतिविधिमा संलग्न हुनेलाई पनि अभिमुखीकरण दिनुपर्ने अवस्था देखिएको बताए।

बाँकेमा भएको सामूहिक बलात्कारको घटनामा १६ वर्ष, १७ वर्षदेखि २५ वर्षसम्मको युवकहरू रहेको चर्चा गर्दै अधिकांश बलात्कारका घटनामा युवाहरू नै संलग्न रहेको पाइएको उनको भनाइ छ।