बनेपा गइरहेको बस दुर्घटना हुँदा चार जना घाइते


खबरस्टोरी संवाददाता
१० असार २०७९, शुक्रबार
बनेपा गइरहेको बस दुर्घटना हुँदा चार जना घाइते
काठमाडौँ। आज बनेपा गइरहेको बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन्। 

दुर्घटनामा परी चार जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक चक्र जोशीले जानकारी दिए। 

उनकाअनुसार आज दिउँसो साँगाबाट बनेपातर्फ जाँदै गरेको बा ३ ख २८४४ नम्बरको बस र बा ७ च १५४५ नम्बरको कार ठक्कर खाँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते हुने सबैलाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल लगिएको जनाइएको छ। घटनासम्बन्ध थप अनुसन्धान भइरहेको छ।