बेपत्ता भएकै ठाउँमा एक बालकको शव फेला


खबरस्टोरी संवाददाता
१७ असार २०७९, शुक्रबार
बेपत्ता भएकै ठाउँमा एक बालकको शव फेला
काठमाडौं । कैलालीमा एक बालकको शव बेपत्ता भएकै ठाउँबाट फेला परेको छ । गौकन्द्री खोलामा ११ वर्षीय निखिल विकको शव खोलामा फेला परेको कैलाली प्रहरीले जनाएको छ ।

उनि बुधबार दिउँसो साथीहरुसँग खोलामा पौडी खेल्न गएका बेला खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए । खोलाले बगाएर बेपत्ता भएपछि प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गर्दा पनि बालक फेला परेका थिएनन् ।

तर, आज उनी बेपत्ता भएकै स्थानमा फेला परेको स्थानीयले बताएका छन् । बालकको शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको प्रहरीले जनाएको छ ।