उनि बुधबार दिउँसो साथीहरुसँग खोलामा पौडी खेल्न गएका बेला खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए । खोलाले बगाएर बेपत्ता भएपछि प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गर्दा पनि बालक फेला परेका थिएनन् ।
तर, आज उनी बेपत्ता भएकै स्थानमा फेला परेको स्थानीयले बताएका छन् । बालकको शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको प्रहरीले जनाएको छ ।