काठमाडौँ। बाराको महागढीमाई नगरपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भई थलही पुलबाट अन्दाजी २५ फिट तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३० बर्षीय दुई जना पुरुषको उपचारको क्रममा कलैया अस्पतालमा राती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
बरियापुरबाट लैगडाचोक तर्फ जादै गरेको प्रदेश ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराती साढे १० बजे थलही पुलबाट तल खसेको थियो । घटना सम्बान्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।