बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ


खबरस्टोरी संवाददाता
४ बैशाख २०७९, आईतवार
बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ
बर्दिया। बर्दियामा १४ वर्षीय एक किशोरी बलात्कृत भएकी छन् ।बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्ने २५ वर्षीय  गगन कामीलाई

 ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

सुर्खेत ब्राह्राताल गाउँपालिका–४ स्थायी घर भएका कामीलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोही नगरपालिका–६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई  कामीले शुक्रबार साँझ बलात्कार गरेका थिए । बानियाभार ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।