ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेत ब्राह्राताल गाउँपालिका–४ स्थायी घर भएका कामीलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोही नगरपालिका–६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई कामीले शुक्रबार साँझ बलात्कार गरेका थिए । बानियाभार ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।