बुटवलमा भएको बम विस्फोटको जिम्मा नेकपा माओवादीले लियो


खबरस्टोरी संवाददाता
२९ बैशाख २०७९, बिहीबार
बुटवलमा भएको बम विस्फोटको जिम्मा नेकपा माओवादीले लियो
काठमाण्डौँ । गएराती बुटवलमा भएको बम विस्फोटको जिम्मा नेकपा माओवादीले लिएको छ । 

नेकपा माओवादीले केन्द्रीय समीतिबाट एक विज्ञप्ति जारी गर्दै उक्त विस्फोटको जिम्मा लिएको हो । ‘दलाल संदिय व्यवस्थाको स्थानिय निर्वाचन बहिष्कार गर्न बैशाख २९ र ३० गतेको नेपाल बन्द सफल पारौँ प्रतिक्रियावादी निर्वाचन खारेज गर्न गएराती देशका विभिन्न भू–भागमा भएका विस्पोटका घटनाको सम्मपूर्ण जिम्मेवारी नेकपा माओवादीले लिन्छ’ भनि उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।