बुथ कब्जाको प्रयासपछि दोलखामा झडप, प्रहरीद्वारा हवाई फायर


खबरस्टोरी संवाददाता
३० बैशाख २०७९, शुक्रबार
बुथ कब्जाको प्रयासपछि दोलखामा झडप, प्रहरीद्वारा हवाई फायर
दोलखा। दोलखाको बैतेश्वर गाउँपालिकामा नेपाली कांग्रेसले बुथ कब्जा गर्न खोजेको भन्दै अन्य दल प्रदर्शनमा उत्रिएपछि   दुई पक्षबीच झडप भएको छ । झडपपछि प्रहरीले गोली समेत चलाएको छ । पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा सुरु भएलगत्तै दुई पक्षबीच झडप भएको थियो ।

मतदान चलिरहेका बेला बाहिरबाट ढुंगा हानाहान भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरेको हो । ढुंगा प्रहार गर्दै बुथ नै कब्जा गर्ने प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको दोलखा प्रहरी प्रमुख डिएसपी गंगा पौडेलले बताए ।

मतदाता आउने बाटो अबरोध गरेर कांग्रेस र एमाले कार्यकर्ताहरूले बुथ कब्जा गर्न खोजेका थिए । सर्वदलीय बैठक बसेर पुनः मतदान सुरू गर्ने विषयमा छलफल भइरहेको छ । सर्वदलीय बैठकपछि पुनः मतदान हुने उनको भनाइ छ ।