आइतबार मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि थापा असन्तुष्ट बनेका थिए। उक्त निर्णयविरूद्ध उनी अदालत समेत जाने तयारीमा थिए।
स्रोतका अनुसार सोमबार साँझ गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेलाई भेटेपछि उनी काममा फर्किन तयार भएका हुन् । उनी प्रहरीको कार्य विभाग प्रमुख छन्। कार्य विभाग प्रमुख निर्वाचन हेर्ने प्रमुख भएकाले उनले नै प्रहरीको स्थानीय निर्वाचनको प्रमुख भएर काम गर्दै आएका छन्।
यता एआइजी विश्वराज पोखरेलले भने सोमबार सर्वोच्चमा रिट दायर गरेका छन् ।