चार जना मृत अवस्थामा फेला


खबरस्टोरी संवाददाता
२ असार २०७९, बिहीबार
चार जना मृत अवस्थामा फेला
काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् । ललितपुर, दोलखा, मोरङ इलाममा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । 

ललितपुर, गोदावारी नगरपालिका–१३ झरुवारासीस्थित ढलेपिपल बस्ने ४० वर्षीय अम्बिका बिशंखे आफ्नै घर नजिकै खाल्डोमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

दोलखा, भिमेश्वर नगरपालिका–१ फुलाउने बस्ने ७३ वर्षीय नन्द बहादुर शिवाकोटी घर नजिक सडकको नालीमा बुधबार मृत अवस्थामा फेला परेका छ । जेठ ३१ गते घरबाट हिँडेका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

यस्तै, मोरङको सुन्दरहरैचा नगरपालिका–६ बस्ने ४५ वर्षीया काली दर्जी आफ्नै ओछ्यानमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

इलामको माई नगरपालिका–४ शुक्रबारे बजारस्थित अर्ने खोल्सीमा हाल एकिन नाम, थर, वतन नखुलेका दावा शेर्पा नामले चिनिने अन्दाजी ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।