चितवनमा ७० केजी गाँजासहित एक जना पक्राउ


खबरस्टोरी संवाददाता
१६ बैशाख २०७९, शुक्रबार
चितवनमा ७० केजी गाँजासहित एक जना पक्राउ
चितवन। चितवन राप्ती नगरपालिका-१ परेवाकोटबाट करिब ७० केजी अवैध लागूऔषध गाँजा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही नगरपालिका–३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजा रहेका छन् । अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले प्रजालाई बोरामा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।