डीआईजी खड्का सशस्त्रका प्रवक्ता


खबरस्टोरी संवाददाता
१ बैशाख २०७९, बिहीबार
डीआईजी खड्का सशस्त्रका प्रवक्ता
काठमाडौं । डीआईजी विदुर खड्काले सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी पाएका छन् । हालै मात्रै सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त भएका पुष्पराम केसीले खड्कालाई प्रवक्ता नियुक्त गरेका हुन् । खड्का केही दिनअघि मात्रै डीआईजीमा बढुवा भएका थिए ।

यसअघि कायम मुकायम एसएसपी कमल तिउसिना सशस्त्र प्रहरीको प्रवक्ता थिए ।  सशस्त्र प्रहरीसँग सम्बन्धित सूचना र जानकारीका लागि ९८५१२७२००७ मा सम्पर्क राख्न सकिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।