एआईजी पोखरेलले दायर गरेको रिट खारेज


खबरस्टोरी संवाददाता
३१ असार २०७९, शुक्रबार
एआईजी पोखरेलले दायर गरेको रिट खारेज
काठमाडौ । प्रहरी महानिरीक्षक पदमा बरियताक्रम मिचेर सरकारले आईजीपी नियुक्त गरेको भन्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज भएको छ । सर्वोच्चले पोखरेलले दायर गरेको रिट खारेज गरेसँगै आईजीपीमा धिरत प्रताप सिंहले बैधानिकता पाएका छन् ।  

धीरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजी) बनाउने सरकारको निर्णयविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो । 

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको शुक्रबारको संयुक्त इजलासले सिंहलाई आईजी बनाउने सरकारको निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिट खारेज हुने भनी शुक्रबार फैसला सुनाएको हो ।