एआईजी धानुकले सम्हाले उपत्यका प्रहरी कार्यालय प्रमुखको कार्यभार


खबरस्टोरी संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार
एआईजी धानुकले सम्हाले उपत्यका प्रहरी कार्यालय प्रमुखको कार्यभार
काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र बहादुर धानुकले काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखको कार्यभार ग्रहण गरेका छन् ।

बिहीबार धानुकले काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखको कार्यालयमा हाजिर भएर पदभार सम्हालेका हुन् ।

सोमबार सरकारले एआइजी जिम्मेवारी हेरफेर गर्दै एआईजी जिम्मेवारी तोकेको थियो ।यसअघि प्रधान कार्यालय प्रशासन विभागको जिम्मेवारीमा रहेका धानुक एसएसपी हुँदा काठमाडौं प्रहरी प्रमुख र ललितपुर प्रहरी प्रमुखको रुपमा रहेका थिए ।डीआईजी हुँदा धानुकले लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा थिए ।

 हालका आईजीपी धीरजप्रताप सिंहसँगै एआईजीमा बढुवा भएका धानुक कार्यसम्पादनमा अब्बल अधिकृतका रुपमा परिचित छ ।