एआईजी विवाद : पोखरेलको रिट सर्वोच्चमा पुग्यो, अध्ययनपछि मात्र दर्ता हुने


खबरस्टोरी संवाददाता
१९ बैशाख २०७९, सोमबार
एआईजी विवाद : पोखरेलको रिट सर्वोच्चमा पुग्यो, अध्ययनपछि मात्र दर्ता हुने
काठमाडौँ। नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिट सर्वोच्चमा अध्ययन पछि मात्र दर्ता हुने भएको छ। 

धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय बदरको माग गर्दै पोखरेलले सर्वोच्च अदालतमा रिट पेस गरेका हुन्। सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले एआईजी पोखरेलको रिट सर्वोच्चमा पुगेको जानकारी दिए।

‘रिट सर्वोच्चमा आईपुगेको छ। दर्ता भने अझै भइसकेको छैन,’ढकालले भने,‘रिट रुजुको प्रक्रियामा छ। अध्ययनपछि मात्र दर्ता हुन्छ।

आईजी नियुक्तिप्रति असन्तुष्ट रहेका अर्का एआईजी सहकुल थापाको रिट भने सर्वोच्च पुग्न बाँकि नै छ।