एआइजी पोखरेललाई हाजिर हुन प्रहरी प्रधान कार्यालयले पठायो ‘म्यासेज’


खबरस्टोरी संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार
एआइजी पोखरेललाई हाजिर हुन प्रहरी प्रधान कार्यालयले पठायो ‘म्यासेज’
काठमाडौँ । आइजिपी नियुक्ति विषयमा असन्तुष्टि जनाउदै सर्वाेच्च अदालतमा रिट दायर गरेका एआइजी विश्वराज पोखरेलाई प्रहरी प्रधान कार्यालयले हाजीर हुन म्यासेज पाठएको छ । पोखरेलका कानुन व्यावसायी मेघराज पोखरेले उनलाई प्रहरी प्रधान कार्यालय हाजीर हुन म्यासेज पाठएको जानकारी गराएका छन् । 

मन्त्रीपरिषद्को बैठकले आफु भन्दा जुनियर धिरज प्रताप सिंहलाई आइजीपीमा नियुक्त गरेको भन्दै एआईजी पोखरेलले सर्वाेच्चमा रिट दायर गरेर आफुलाई आइजीपीमा नियुक्त गर्न माग गरेका थिए । सो विषयमा कानुनी लडाई लड्नको लागि पोखरेलले एक महिना लामो विदा लिएका थिए । उनको विदा जेठ २५ गते सकिएको तर उनले दायर गरेको रिटको सुनुवाईको अन्तिम पेशी जेठ ३० गते तोकिएको कारण उनले थप १० दिनको विदा माग गरेका थिए । प्रहरी प्रधान कार्यालयले उनले मागेको सो विदा अस्वीकृत गरेसंगै उनलाई कार्यालयमा हाजीर हुन् म्यासेज पाठाएको हो । 

पोखरेलका कानुन व्यावसायी मेघराज पोखरेलका अनुसार अदालतमा मुद्धा विचाराधिन रहेको अवस्थामा नै प्रधान कार्यालयमा नै हाजिर हुन जाने, मातहतमा राखेर सलाम ठोक्न लगाउदै काम गराउन खोजेको र न्यायमा अवरोध गर्ने नियत भएको देखिन्छ, उनले भने ‘कार्यालयमा हाजिर हुँन आउनु भने पछि यदि उपस्थित हुँन नगएको खण्डामा कारवाही गर्न खोजीएको हो की ? अदालतको अन्तिम निर्णय नआउदा सम्म विदा मागे पछि विदा स्वीकृत गरिदिएको भए हुने थियो” ।