काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थली जरङ्खु बस्ने झापा शिवसताक्षी नगरपालिका–७ घर भएकी ३८ वर्षीया कल्पना लिम्बु आफ्नै कोठाभित्र बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।
यस्तै, भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् भने काभ्रेको पाँचखाल नगरपालिका–११ शिखरकटेरिमा सोही ठाउँ बस्ने रोशी गाउँपालिका–२ घर भएका ५७ वर्षीय रामबहादुर दमाई बिहीबार मृत अवस्थामा भेटिएका छन् ।
यस्तै, डोटीको बोग्टान फुड्सिल गाउँपालिका–४ सातफरी न्वादेउ बस्ने २६ वर्षीय भरतबहादुर कामी सोही ठाउँस्थित आफ्नै पसलभित्र बिहीबार मृत अवस्थामा फेला परेका छन् । प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।