एमालेका उम्मेदवार विरुद्ध पक्राउ पूर्जी


खबरस्टोरी संवाददाता
२१ बैशाख २०७९, बुधबार
एमालेका उम्मेदवार विरुद्ध पक्राउ पूर्जी
काठमाडौं । नेकपा (एमाले) बाट ओखलढुंगाको लिखु गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका मिलनकुमार विष्ट (मनिष) विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

भक्तपुर जिल्ला अदालतले बैंकिङ कसुर तथा दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पक्राउ पूर्जी पठाएको हो ।लिखु गाउँपालिका–९ (साविकको पोकली गाविस) घर भएका उनीविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि फरार रहँदै आएका थिए ।