एसपीपीमा सेनाको सम्लंग्नताबारे आर्मी हेडक्वार्टरमा आकस्मिक बैठक


खबरस्टोरी संवाददाता
३ असार २०७९, शुक्रबार
एसपीपीमा सेनाको सम्लंग्नताबारे आर्मी हेडक्वार्टरमा आकस्मिक बैठक
काठमाडौं । अमेरिकाको स्टेट पार्टरसीप प्रोग्राम(एसपीपी)मा सहभागीताको पत्रको आधिकारीताबारे नेपाली सैनाको मुख्यालयमा आकस्मिक बैठक बसेको छ ।

नेपाली सेनाले पठाएको भनिएको पत्रको आधिकारिकतामा धेरै प्रश्न उठेपछि सैनिक मुख्यालयमा बैठक बसेको छ । 

सेनाले पठाएको भनिएको पत्रको आधिकारिकताबारे बुझ्न सेनाले अनुसन्धान थालेको छ ।

एसपीपीमा नेपाली सेना सहभागी हुनेबारे ब्यापक चर्चा चलेपछि नेपाली सेनाले बुधबार त्यसको खन्डन सहितको विज्ञप्ती जारी गरेको थियो ।

बिहीबार  नेपाली सेनाले एसपीपीमा सहभागी हुन अनुरोध गरेको भन्दै एक पत्र सार्वजनिक भएको छ।  सन् २०१५ को अक्टुबर २७ मा तत्कालीन अमेरिकी राजदूत अलाइना तेप्लिजलाई सम्बोधन गरिएको पत्रमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन् ।