सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका लामाको मुद्दा सर्वोच्चका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र डा मनोजकुमार शर्माको इजलासमा परेको हो । आपराधिक गतिविधिबाट २७ करोड १ लाख रुपैयाँ सम्पत्ति जोडेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले सम्पत्ती शुुद्धीकरण मुुद्दामा दोसी ठहर गरेपछि त्यस बिरुद्ध लामाले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । उनले आफूलाई दोषी ठहर गर्ने विशेष अदालतको फैसला बदरको माग राखेका छन् । लामाले ७ कात्तिक २०७५ मा सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका हुन् ।
विशेष अदालतले लामालाई २४ साउन, २०७५ मा दोषी ठहर गदै फैसला गरेको थियो । उनलाई एक वर्ष कैद र १ करोड ४० लाख ५० हजार बराबरको विगो बापतको सम्पत्ति जफत हुने विशेष अदालतको फैसलामा उल्लेख छ।