हुण्डीको कारोबारमा संलग्न कलवार समातिए


खबरस्टोरी संवाददाता
२४ जेष्ठ २०७९, मंगलवार
हुण्डीको कारोबारमा संलग्न कलवार समातिए
काठमाडौं । हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१३ कालिमाटी बस्ने बारा पचरौता नगरपालिका– ७ घर भएका ५४ वर्षीय जय कमल साह कलवारलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौंको टंकेश्वर कालीमाटी एरियाबाट गैरकानुनी रुपमा हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले कलवारलाई स्रोत नखुलेको १७ लाख ६६ हजार ३ सय नेपाली रूपैयाँ र १२ लाख ८ हजार ७ सय भारतीय रूपैयाँसहित फेला पारी शनिवार पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाइएको छ ।