काठमाडौंको टंकेश्वर कालीमाटी एरियाबाट गैरकानुनी रुपमा हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले कलवारलाई स्रोत नखुलेको १७ लाख ६६ हजार ३ सय नेपाली रूपैयाँ र १२ लाख ८ हजार ७ सय भारतीय रूपैयाँसहित फेला पारी शनिवार पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाइएको छ ।