हेपाइ सहन नसकेर घटेको संखुवासभाको त्यो विभत्स हत्याकाण्ड


खबरस्टोरी संवाददाता
२६ भाद्र २०७८, शनिबार
हेपाइ सहन नसकेर घटेको संखुवासभाको त्यो विभत्स हत्याकाण्ड


काठमाडौ\  घटनाको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । २६ वर्षीय मादि–१ उम्लिङका लोकबहादुर काकीले काका पर्ने ५२ वर्षीय लोकबहादुर र उनको परिवारको हत्या गरेको खुलेको छ ।
प्रहरीे अनुसन्धानका क्रममा लोकबहादुर एक्लैले आवेगमा आएर ६ जनाको ज्यान लिएको अनुसन्धानबाट खुलेको छ ।’  यद्यपि आवेशमा आएर हत्या गरिएको भने पनि यो घटना आवेश प्रेरित हत्या हो कि मनासाय प्रेरित हत्या हो भन्ने खुलेको छैन । 


भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । 
शव फरक–फरक चार स्थानमा फेला परेको थियो । संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले हत्या अनुसन्धान गरेका थिए ।