मंगलबार हेटौडा उपमहानगरपालीका–४ कुलडाँडामा भाडामा बस्ने कुलदिप पाठकको कोठाबाट अनलाइन जुवा खेलिरहेको अवस्था निशान आर्चाय लगायत ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट १०८ थान मोबाइल, ५ थान कम्युटर, ३ थान ल्याप्टप र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ सहित पक्राउ गरेको हो ।
कोठामा अनलाइन जुवा खेलाई रहेका पाठक फरार रहेकोले उनको खोजी कार्य जारी रहेको र यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।