हेटौडामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ


खबरस्टोरी संवाददाता
१४ असार २०७९, मंगलवार
हेटौडामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ
हेटौडा । हेटौडामा अनलाइनबाट जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । 

मंगलबार हेटौडा उपमहानगरपालीका–४ कुलडाँडामा भाडामा बस्ने कुलदिप पाठकको कोठाबाट अनलाइन जुवा खेलिरहेको अवस्था निशान आर्चाय लगायत ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले उनीहरुको साथबाट १०८ थान मोबाइल, ५ थान कम्युटर,  ३ थान ल्याप्टप र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ सहित पक्राउ गरेको हो । 

कोठामा अनलाइन जुवा खेलाई रहेका पाठक फरार रहेकोले उनको खोजी कार्य जारी रहेको र यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।