हेटौंडामा लागूऔषध नियन्त्रण लिने क्रममा हवाई फायर


खबरस्टोरी संवाददाता
१८ जेष्ठ २०७९, बुधबार
हेटौंडामा लागूऔषध नियन्त्रण लिने क्रममा हवाई फायर
काठमाडौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरमा लागूऔषध नियन्त्रण लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ ।

गए राती बस्तीपुरमा लागूऔषधको कारोबार भइरहेको छ भन्ने खबर पाएपछि पुगेको प्रहरीमाथि केही युवाले प्रहरीको पेस्तोल खोस्ने र प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि हवाई फायर गरि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

लागू औषधसहित  हेटौंडा–३ बस्ने ३४ वर्षीय रवि घलान र ३० वर्षीय विनोद बललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।