६८ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान


खबरस्टोरी संवाददाता
१९ फाल्गुन २०७८, बिहीबार
६८ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
काठमाडौं।  महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले ६८ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित ट्राफिक नियन्त्रण तालिम १४२ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

सोही महाशाखामा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक जोशीले तालिममा प्राप्त गरेको ज्ञान सिपलाई कार्यक्षेत्रमा लागू गर्नुपर्नेमा जोड दिँदै आफ्नो आचरण र व्यवहारमा समेत सुधार गरी जनमुखी सेवा प्रदान गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिएका छन् । 

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत पुस २५ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार ६ जना र प्रहरी जवान ६२ जना गरी जम्मा ६८ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिए ।