जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते


खबरस्टोरी संवाददाता
१३ माघ २०७८, बिहीबार
जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

इलाम। मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकामा बिहीबार भएकाे जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट खस्दा दुई जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा झापाको मेचीनगर नगरपालिका-४ का ५५ वर्षीय रमेश थापा र सोही स्थानका ४० वर्षीय सूर्यबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । रोङ गाउँपालिका- ४ पहिरोमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिएका छन् । दुर्घटनामा मेचीनगर नगरपालिका- ४ का ३३ वर्षीय चालक अर्जुन कोइराला घाइते भएका छन् । उनको झापास्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।