जाति विशेषलाई लक्षित गरेर गोली प्रहार नभएको गृहमन्त्रीको स्पष्टीकरण


खबरस्टोरी संवाददाता
२४ जेष्ठ २०७९, मंगलवार
जाति विशेषलाई लक्षित गरेर गोली प्रहार नभएको गृहमन्त्रीको स्पष्टीकरण
काठमाडौं। बर्दियामा भएको घटनामा गृहमन्त्रालयबाट गोली चनाउन आदेश नदिएको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । 

बर्दियामा बाघको आक्रमणबाट एक स्थानीय घाइते भएपछि बाघको आक्रमण बाट स्थानियहरुलाई सुरक्षा दिन माग गर्दै आन्दोलनमा उत्रिया स्थानियहरुमाथि प्रहरीले गोली चालाउँदा मधुवन नगरपालीका २ की नविना थारुको मृत्यु भएको छ भने ४ जना युवाहरु घाइते भएका छन् । 

त्यस्तै गृहमन्त्री खाणले प्रहरीको गोली लाग्दा भएको नवीना थारुको मृत्यु घटनाबारे गठित समितिले निष्पक्ष ढंगले छानबिन गर्ने दाबी समेत गरेका छन् । 

उनले स्थानीय समुदाय, जनप्रतिनिधि र सर्वदलीय संयन्त्रले पनि घटनाको छानबिन गर्न माग गरेको र सोहीअनुसार समिति गठन गरिएको हो ।  उनले घटनालाई दुःखद् र जाति विशेषलाई लक्षित गरेर गोली प्रहार नभएको पनि स्पष्ट पारे । 

घटनाले संवेदनशील ठानिएर नै सरकार उत्तरदायी भएर समिति गठन गरिएको भन्दै उनले समितिले बुझाउने प्रतिवेदनको आधारमा संलग्नलाई कारबाही हुने आवश्यक बताए । सरकारले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरेको छ ।