नयाँ आईजीपीका लागि खनालकै ब्याचका दुई एआईजी पुष्पराम केसी र रामशरण पौडेल रोलकोलमा छन् ।
खनालसँगै प्रहरी सेवामा प्रवेश उनीहरु दुवै जना २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन् । भने २०५८ मा प्रहरीबाट सशस्त्र प्रहरीमा छिरेका हुन् ।
त्यसयता उनीहरु खनालसँगै एआईजीसम्म सगँसगै बढुवा भए। २०७४ चैत २७ गते सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भए। यी दुई एआईजी त्यतिबेलै आईजीपीका लागि दाबेदार थिए। आफ्नो चार वर्षे कार्यकाल सकेर घर जाने अवस्थामा पुगेका दुबै एआईजीहरु सशस्त्र प्रहरी नियमावलीमा चार वर्षे कार्यकाल सकिने डीआईजी र एआईजीको कार्यकाल एक वर्ष थप गर्ने व्यवस्था अनुरुप केसी र पौडेल दुवै आईजीपीको लाईनमा पुगे ।
निरीक्षकदेखि नै सगँसगै यात्रा
२०५८ मा एकसाथ सशस्त्र प्रहरीमा प्रवेश गरेका केसी र पौडेल पनि २०५८ वैशाखमा सशस्त्र प्रहरीको डीएसपीमा बढुवा भएका थिए । २०६१ साल वैशाखमा दुवैजना सँगै एसपी भए, २०६६ साल मंसिरमा एसएसपी। एसपीबाट एसएसपी पनि सगसँगै भएका हुन् ।त्यस्तै २०६९ जेठमा उनीहरु दुवै डीआईजीमा बढुवा भए र २०७४ वैशाखमा सरकारले एआईजीमा बढुवा ग¥यो दुवैलाई ।
सोहि क्रममा नै आईजीपीको दावेदार रहेका दुईमध्येमा शैलेन्द्र खनालले बाजी मारे। भने एक वर्ष कार्यकाल थपिएसँगै आईजीपी लागि मार्ग प्रशस्त बन्न पुग्यो ।आइतबार सरकारले निर्णय गरे दुईमध्ये जो आईजीपी भए पनि आगामी वैशाख १९ गतेबाट अवकाशमा जानेछन्। उनीहरुले २१ दिन नेतृत्व सम्हाल्नेछन् ।सशस्त्रमा दुईजना मात्रै एआईजी छन्। सशस्त्र प्रहरी नियमावलीअनुसार एआईजीमध्येबाटै आईजीपी बनाउनु पर्ने व्यवस्था छ।
दुईमध्ये एआईजी पुष्पराम केसी कार्य तथा सीमा सुरक्षा विभाग, प्रहरी प्रशिक्षण प्रतिष्ठान, भरतपुर तालिम केन्द्र,ककनीमा प्रशिक्षक हुदै बर्दियाको छिन्नमस्ता गणको गणपति समेत रहिसकेका छन् ।उनी एपीएफको स्टाफ कलेजको संस्थापक अध्यक्ष समेत हुन् ।
त्यस्तै अर्का एआइजी रामशरण पौडेल प्रशासन तथा मानव श्रोत विभाग,सीमा सुरक्षा विभाग हुदै पथलैया बाहिनीको पनि नेतृत्व गरिसकेका छन् । विभिन्न गण तथा गुल्महरूको पनि नेतृत्व सम्हालिसकेका छन् ।