काभ्रेको घिमिरे गाउँमा विस्फोट हुँदा एक जना घाइते


खबरस्टोरी संवाददाता
२७ चैत्र २०७८, आईतवार
काभ्रेको घिमिरे गाउँमा विस्फोट हुँदा एक जना घाइते
काठमाडौं।  काभ्रेको बनेपा नगरपालिका-२ को घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट भएको छ। विस्फोटमा परि एक जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले २४ वर्षीय मोहन विक घाइते भएको बताए । उनको मुख र हातमा गहिरो चोट लागेको छ । घाइते विकको ललितपुरस्थित बी एन्ड बी हस्पिटलमा उपचार भइरहेको छ । 

नजिकै रहेको जंगलमा पहिचान नखुलेका वस्तु भेटिएको र आगोमा लगाउँदा विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता खतिवडाले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

त्यस क्षेत्रको जंगलमा नेपाली सेनाले नियमित अभ्यास गर्दै आएको छ । सो क्रममा ‘मिस फायर’को बम विकले भेटेको हुन सक्ने प्रहरीको आशंका छ । तर, पुष्टि भने हुन बाँकि छ ।