बुधवार राती चौधरीमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार बाट चौधरीका भाई विन्तीराम चौधरी, भाइ बुहारी बसन्ती चौधरी, छोरी लक्ष्मी चौधरी र भतिजा रविन चौधरी र दीपक कठायत घाइते भएका छन् । उनीहरुले नेपाली कांग्रेसका १२ कार्यकताहरुले उम्मेदवार जग्गु चौधरीको घरमा नै गएर आक्रमण गरेको बताएका छन् ।
घटनामा चौधरीका भाई विन्तीराम चौधरी गम्भिर घाइते भएका छन् । भने भतिजा रविन चौधरीको औँला काटिएको र उनीहरुको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
कांग्रेस कार्यकर्ताहरुले घरमा नै आएर आक्रमण गरेपछि नेकपा एमालेका सूदुरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टसहितको टोलिले घाइतेहरुको स्वास्थ अवस्थाको बुझी उनीहरुको घरमा गएर सोधपुछ समेत गर्दै घटनाको घोर निन्दा र भत्सना गरी दोषीमाथि कारवाहीको माग गरेका छन् ।
उता प्रहरीले घटनामा संलग्नको खोजीकार्य भैरहेको जनाएको छ ।