झापाको गौरिगंज गाउँपालिका–५ फत्तेपुर बस्ने १७ वर्षीय रोहित सिंह गनगाईको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको हो । छिमेकीको छोरीको बिहेमा प्रयोग भएको जेनेरेटरको तार फुकाल्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, सिरहाको कल्याणपुर नगरपालिका–४ बस्ने ६५ वर्षीया सुनर देवी साहको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै कुखुरा फर्ममा रहेको त्रिपाल निकाल्ने क्रममा अचानक करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।