काठमाडौं । आसन्न स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै प्रहरी प्रधान कार्यालयले ११ डिएसपीको काज सरुवा गरेको छ , भने दुई जना एसपीको सरुवा भएको छ । दंगा गण त्रिपुरेश्वरमा एसपी प्रजित केसीलाई पठाइएको छ भने गणका एसपी सानुराम भट्टराईलाई काठमाडौं परिसरमा खटाइएको छ । यससँगै अब परिसरमा दुई एसपी रहने भएका छन् । यसअघि एसएसपी चक्रबहादुर सिंह नेतृत्वको एक समितिले परिसरमा मुद्दा र अप्रेसन हेर्न २ जना एसपीको माग सहित सिफारिस गरेको थियो । चुनावलाई केन्द्रित गरेर प्रहरीमा इन्सपेक्टर देखि नै व्यापक रुपमा फेरबदल गरिएको छ ।