खोलाले बगाएर ६८ वर्षीय वृद्धको मृत्यु


खबरस्टोरी संवाददाता
१६ असार २०७९, बिहीबार
खोलाले बगाएर ६८ वर्षीय वृद्धको मृत्यु
काठमाडौँ। पूर्वी नवलपरासीको गिरुबारी खोलाले बगाएर एक जना ६८ वर्षीय वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार हुप्सेकोट गाउँपालिका-२ का केशबहादुर सलामलाई खोलाले बगाएको हो । 

धानको बिउ बोकेर बुधबार गिरुबारी खोलापारि एक्लै रोपाइँ गर्न जाँदै गर्दा उनलाई खोलाले बगाएको प्रहरीले बताएको छ । बाढीमा परेका कारण उनलाई फेला पार्न नसकिएको प्रहरीले जानकारी दिएको छ ।