ललितपुरमा चिकित्सकमाथि ट्राफिकले गरे कुटपिट


खबरस्टोरी संवाददाता
१४ असार २०७९, मंगलवार
ललितपुरमा चिकित्सकमाथि ट्राफिकले गरे कुटपिट
काठमाडौं। ट्राफिकले ललितपुरमा एक चिकित्सकमाथि कुटपिट गरेका छन्। ललितपुरको कुसुन्तीमा आइतबार बेलुकी ड्युटीमा खटिएका ट्राफिकले डा. कुलबहादुर घिसिङमाथि निर्घात कुटपिट गरेका हुन्। पीडितका आफन्तका अनुसार डा. घिसिङको मुखमा गम्भीर चोट लागेको छ। आफन्त इशुमाया वुजुले उनको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको बताइन्। 

ट्राफिक प्रहरी सातदोबाटोका अनुसार ट्राफिक राजेन्द्र थापाले कुटपिट गरेको र उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। 

फुटपाथबाट पैदलयात्रा गरिरहेको अवस्थामा कुटपिट भएको भन्दै कुटपीट गर्ने थापालाई कारबाही र आफ्नो उपचार खर्चको व्यवस्था मिलाउन माग गरेका छन्।