काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित नाइन इलेभन होटेलमा एक युवक मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१५, निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डे रहेका छन् ।
पाण्डे गए राति साथीहरूसँग होटेलमा सुतेको बताइएको छ । स्थानीले दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।