मालपोत कार्यालय टोखाका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा


खबरस्टोरी संवाददाता
२२ बैशाख २०७९, बिहीबार
मालपोत कार्यालय टोखाका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित मालपोत कार्यालय टोखाका खरिदार विनोद तिवारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

मुद्दा फाँटमा कार्यरत तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पुर्जा बनाउने काममा सहजीकरण गरेबापत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ । विशेष सूचनाको आधारमा अख्तियारको टोलीले तिवारीलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ४ वैशाखमा नियन्त्रणमा लिएको थियो ।अनुसन्धानको क्रममा तिवारीले सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएको हो ।