मोरङमा भ्यानले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु


खबरस्टोरी संवाददाता
२५ चैत्र २०७८, शुक्रबार
मोरङमा भ्यानले  ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु
काठमाडौं। मोरङको उर्लाबारी नगरपालिका–४ आईतबारेमा बिहीबार बेलुकी पिकअप भ्यानको ठक्कटरबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक दमक नगरपालिका–३ का २७ वर्षीय राजन धिमाल रहेका छन् । 

घाइते भएका धिमालको उपचारको क्रममा उर्लाबारी स्थित अरनिको अस्पतालमा गएराती साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । को १ च ६३ ९९ नम्बरको भ्यानले धिमालले चलाएको को ३२ प ६९ ३१ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी पौने ९ बजे ठक्कर दिएको थियो । 

ठक्कर दिने भ्यान सहित चालक ईलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा रहेका छन् ।