मोरङमा कारको ठक्करबाट एक जनाको मृत्यु


खबरस्टोरी संवाददाता
१४ बैशाख २०७९, बुधबार
मोरङमा कारको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौँ । मंगलबार मोरङको बुढीगंगा गाँउपालिका–३ शान्तिचोकमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बुढीगंगा गाँउपालिका–२ बगवनका अन्दाजी ३० बर्षीय शोभा राजवंशी रहेका छन् । 

बागमती प्रदेश ०१–०२७ च २२ ६६ नम्बरको कारको ठक्करबाट गम्भीर घाइते भएका राजवंशीको गंगाचोक स्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

कार चालकलाई ईलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ ।