मोरङमा मेयर उम्मेदवारको सवारी साधनमाथि आगजनी


खबरस्टोरी संवाददाता
२३ बैशाख २०७९, शुक्रबार
मोरङमा मेयर उम्मेदवारको सवारी साधनमाथि आगजनी
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का मेयर उम्मेदवारको सवारीसाधन आगजनी गर्नेलाई कारबाही गर्न राप्रपा ले माग गरेको छ। 

मोरङको बेलबारी नगरपालिकामा राप्रपाबाट मेयर उम्मेदवार बनेका खेमराज गौतमको गाडीमाथि पेट्रोल छर्किएर आगजानी गरेपछि सो पार्टीले दोषीमाथि कारबाही गर्न माग गरेको हो । 

 सिसिटिभी फुटेजबाट मोटरमा पेट्रोल छर्केर आगो लगाउने व्यक्तिको पहिचान भएको र नेपाली कांग्रेसको कार्यकर्ताको रुपमा परिचित निज पक्राउसमेत परिसकेको अवस्थामा घटनाको यथार्थ विवरण लिन, निजलाई उक्साउने व्यक्ति, समूह र दलबारे सत्यतथ्य छानबिन गरी हदैसम्मको कारबाहीको माग गर्दछौं,’ राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।